Skip to main content
विर्तामोडमा अन्तराष्ट्रियस्तरको कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र निर्माण हुदै
विर्तामोडमा अन्तराष्ट्रियस्तरको कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र निर्माण हुदै
झापाको विर्तामोड नगरपालिका वडा नं ८ मा कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिकाबीच सो केन्द्र निर्माण गर्ने मंगलबार सहमती भएको छ । माघ २१ गते सम्झौतापत्रमा दुवै पक्षबाट हस्ताक्षर भएको थियो । विर्तामोड नगरपालिका ८ स्थीत दुर्गा गूठी भगवतीको जमिनमा सो केन्द्र बनाउने सहमती भएको छ । सो केन्द्र ८ बिघा, १३ कठ्ठा, १५ धुरको क्षेत्रफलमा निर्माण हुने भएको छ । कृषिजन्य वस्तु तथा उपज को राष्ट्रिय तथा अन्टराष्ट्रिय बजारमा पहुँच बुद्धि गर्ने उ्रद्देश्यले केन्द्र निर्माण गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । सो केन्द्र संघीय सरकार, प्रदेश सरकारका साथै विकास साझेदारहरुको सह लगानीमा निर्माण हुन लागेको हो ।
दुइ सय करोड भन्दा बढी लगानीमा निर्माण हुन लागेको केन्द्रमा कृषि उपजको प्रशोधन, टेष्टिङ केन्द्र, अक्सन केन्द्र लगायतका सुविधा भएका अन्तराष्ट्रियस्तरको ल्याब निर्माण हुने भएको छ । उक्त ल्याब निर्माणका लागी दुइ सय करोड भन्दा बढी लगानी आवश्यक रहेको महासंघका केन्द्रीय सदस्य जयप्रसाद शिवाकोटीले बताए ।
कृषि उपज प्रशोधनका लागि भारतीय बजारमा लाखौं रुपैया खर्च गरी धाउने समस्या हटाउदै चिया, अलैची, अदुवा, अम्रिसो, सुपारी, धान लगायतका निर्यातजन्य वस्तुको प्रशोधन सहज बन्ने कुरा विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले बताए ।
Comments
Post a Comment