स्वास्य जीवनको अचूक साथीः योग/प्राणायाम/ध्यान

स्वास्य जीवनको अचूक साथीः  योग/प्राणायाम/ध्यान


योग/प्राणायाम/ध्यान स्वास्य जीवनको अचूक साथी  हो । यसले शारीरिक स्वास्थ्यका सगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक फाइदा र्पुयाउँदछ । योग सवै पुस्ताका नागरीकहरुको साथी हो झन विद्यार्थी वर्गहरुको लागी स्मरण शक्ति तेज गर्ने महत्वपूर्ण उपाय हो । 


मानिसको जीवन दिन प्रतिदिन व्यस्त बन्दै गएको छ यसले मानिसको जीवनमा नकारात्मक असर पार्दछ । वढ्दो शहरीकरण, प्रदुषण, अस्वस्थ्यकर खानपान, व्यस्तता जस्ता कारणले मानिसले आफ्नै लागी पनि समय छुट्याउन सकेको छैन । यस्ले दीर्घकालिन रुपमा मानिसको शरीरिक र मानसिक स्वास्थयमा असर पुर्याई विभिन्न किसिका रोगहरु भित्र्याउछ । यसलाई रोक्ने अचूक उपायमध्ये एक हो योग/प्राणयाम/ध्यान । 


योगले शरीर सगै मन पनि स्वच्छ राख्न मद्दत गर्दछ । शरीरमा सकारात्मक उर्जा प्रवाह भई जीवन सकारात्मक बन्दछ । आधुनिक जीवनशैली सगै बढ्दै गरेको नसर्ने रोग डिप्रेसन(मानसि तनाव) कम गर्न मानिसले दैनिक रुपमा योग प्राणयाम÷ध्यान गर्नु पर्दछ । तनावग्रस्त मनमष्तीष्कलाई शान्त बनाई दैनिक जीवनयापन सहज गराउन योगले सहजता ल्याउदछ । मानिसले कम्तीमा दिनमा विहान बेलुका ३० मिनेट योग/प्राणयाम/ध्यान गर्नु पर्दछ ।


योग/प्राणयाम/ध्यान ले प्रेसर नियन्त्रण,  मुटु र रक्तनलीसम्बन्धी समस्या समाधान साथै मधुमेह, डिप्रेसन,  उदासीपन, तनाव,  छटपटी आदि जस्ता समस्याहरु क्तमश घटाउदै जान्छ । स—साना बालबालीकाहरुलाई सानो उमेर देखि नै योग÷प्राणयाम÷ध्यान तर्फ अगाडी बढाउन सके उनीहरुको जीवनशैलीमा आमूल परिवर्तन आउछ जसले स्वास्थ्य समाज सगै स्वास्थय राष्ट्र निर्माण गर्न मद्दत गर्दछ । 


Comments