गजल


गजल

के कुरा

नक्सावाला त्यो `केक´को के कुरा


सुम्पेको लिपु `लेक´को के कुरा



आँखा सामुन्ने, देश बेच्छन यहाँ


त्यो करोडको `भेद´को के कुरा






आफै बोक्सी ,आफै धामी बनेर

न्यायको लागि `हेग´को के कुरा


रगत पिइ, गोहि आँसु झार्नेसङ्ग
चित्कार रुपी `खेद´ को के कुरा


देह धारीको , देही बिग्रे पछि
पुराण अनि `बेद´ को के कुरा

#शीर्ण भुपेश
भद्रपुर-९, झापा

Comments